दमक : झापाको शिवसताक्षी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख प्रशासकिय अधिकृतले समेत निमित्त दिएर कार्यालय बाहिर निस्किएपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादु अधिकारी गत २५ कात्तिकदेखि ८ मंसिरसम्मका लागि चीनको बेइजिङ गएका थिए । ९ गते सोमबारसम्म पनि उनी कार्यालय आएनन् र उनको अनुपस्थितिमा निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी उपसचिव सुरेन्द्र दाहालले पाए । तर सोमबार दाहाल पनि कार्यालय नआएपछि लेखा अधिकृतलाई कार्यालय जिम्मा दिइयो । नगरप्रमुख चन्द्रकुमार शेर्मा कात्तिक २८ गतेदेखि नै नगरपालिकामा छैनन् । उनको अनुपस्थितिमा प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने उपप्रमुख भोजकुमारी नेपाल पनि कार्यालयमा नआएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । ब्लाष्ट टाईम्स दैनिकबाट