धरान: धरान उपमहानगरपालिकाले अत्याधिक गर्मीका कारण सामुदायिक र संस्थागत विद्यालयहरू २ दिन बिदा दिइएको सूचना जारी गरेको छ । बिदा भोली बिहीबार र शुक्रवार दिइएको हो ।
वडा ४ र २० का विद्यालयहरूमा भने भौगोलिक अवस्था र विद्यालयको भौतिक अवस्थाका आधारमा आवश्यकता अनुसार विद्यालयलाई व्यवस्था गर्न अनुरोध गरिएको सूचनामा जनाइएको छ ।
अत्याधिक गर्मीका कारण विद्यालयमा पठन पाठन लगायतका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको र बालबालिका स्वास्थ्यमा प्रतिकुल असर परेको कारण बिदा दिइएको हो ।
उक्त बिदा विद्यालयले बर्खे बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको शिक्षा महाशाखाले जनाएको छ । उक्त अवधिमा तापक्रममा गिरावट आई अनुकूल मौसम बनेमा नियमित पठन पाठनको व्यवस्था मिलाउन विद्यालयहरूलाई अनुरोध गरिएको छ ।
494865050_1180814950458840_387949993813124517_n