धरान : मनसुनी वर्षाका बिच केही दिन देखी चर्को घामले बढेको अत्याधिक गर्मीका कारण इनरुवा नगर क्षेत्रका विद्यालयहरू भोली बुधवार जेठ २८ देखी ३० देखी बिदा दिइएको छ ।
इनरुवा नगरपालिकाद्वारा प्रकाशित सार्वजनिक सूचनामा अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकोले विद्यालय बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
विद्यालय बिदा दिने निर्णय नगरपालिकाको आज मङ्गलवार बसेको कार्यपालिका बैठकले गरेको हो । उक्त बिदा ३ दिन वर्षे बिदाबाट कट्टा हुने गरी दिने निर्णय भएको सूचनामा जनाइएको छ ।
inruwa