धरान : धरान उपमहानगरपालिकाको अनुमति विना वडा २ का अध्यक्ष रमेश राईले आफ्नै तजबिजमा भानु पार्क घण्टाघर बाहिरी परिसरमा खाजा–नास्ता पसल सञ्चालन गराएका छन् ।
वडाध्यक्ष राईले चैत १२ गतेदेखि हिमाल राईलाई भानु पार्क मिनी क्याफेका नाममा भानु पार्कमा  खाली स्थानमा मदिरा खाजा–नास्ता बिक्री गर्ने पसल सञ्चालन गर्न  दिएको हो । उनले २०८३ चैत मसान्त सम्म पसल चलाउन इजाजत दिएका छन् ।
सार्वजनिक सम्पत्तिका रूपमा रहेको भानु पार्क क्षेत्रमा पसल चलाउन दिने उपमहानगरपालिकाको स्पष्ट नीतिगत निर्णय विना वडाध्यक्षले पसल चलाउन नमिल्ने भनी उपमहानगरपालिका कार्यालयले घण्टाघर परिसर क्षेत्रमा सञ्चालन गरिएको कार्यालय उक्त मिनी क्याफे हटाउन निर्देशन दिएको छ।
उपमहानगरपालिकाले प्रशासनिक पारदर्शिता र कानुनी प्रक्रियामाथि प्रश्न उठाउँदै उक्त व्यवसाय हटाउन निर्देशन दिएको जनाएको छ।
वडाध्यक्षले क्याफेलाई दिएको पत्रमा  दैनिक रूपमा बुझाउनु पर्ने पटके कर उपमहानगरपालिकालाई बुझाउनुपर्ने उल्लेख गरिएको भए पनि यस्तो अनुमति दिने अधिकार वडा तहलाई कति रहेको भन्ने विषयमा प्रश्न उठेको कार्यवाहक प्रमुख बेघा ले बताए।
उनले भने ‘उपमहानगरपालिकाले अनुमति दिएको छैन, वडाले दिएको अनुमति कानुनी हुँदैन ।"बेघाका अनुसार तत्काल हटाउन नगर प्रहरी पठाइएकोमा ‘गरी खान्छु भनेर व्यवसाय सुरु गरेका व्यवसायीलाई आज बनाएको सामान बिक्रीपछि व्यापार हटाउन आग्रह गरिएको छ। उनले भने ‘नगरको अनुमति विना व्यवसाय सञ्चालन हुन सक्दैन,आजैबाट हटाउन आग्रह गरिएको छ ।,’
व्यवसायी हिमाल राईले वडा अध्यक्षले  सिफारिस दिए अनुसार आजबाट पसल सुरु गरेको बताए । यस विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष रमेश राईलाई पटक–पटक सम्पर्क गर्दा फोन उठेन।
bhanuchok-ma-cafe