धरान : धरान ११ का विनायक सुवेदीलाई विराटनगर १५ बाट मङ्गलवार इलाका प्रहरी कार्यालय रानीले लागुऔषध सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सुवेदी २४ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ परेको हो । उदयपुर चौदण्डी ४ का पर्वत राईलाई इलाका प्रहरी कार्यालय भण्टाबारीले ३० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । 
यसै गरी वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भद्रपुर ५ बाट प–१–०१–०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर १२ का सन्तोष लिम्बु पछाडि बसेका ओम नारायण मण्डल र पूजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
साथै मे ४ प ८२७४ नम्बरको मोटरसाइकल चालक भद्रपुर ९ का रेसल खड्का पछाडि बसेका  संदिप राजबशी र प्रवीण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले दमक ८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।