धरान: कोशी प्रदेश र्‍याडिकल लाइट एसइई स्पिकर सिजन–५ विजेताको उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलकी आविष्कार राउतले चुमेकी छन्। ।
उद्योग वाणिज्य सङ्घको सभा हलमा सोमवार भएको ग्रान्ड फिनालेमा आविष्कारले नगद ५५ हजार रुपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । 
प्रतियोगितामा पब्लिक हाई स्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनर अप बनिन् ।
उनले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। । ब्लुम नेपाल स्कुल इटहरीकी शुभम् पोख्रेल सेकेन्ड रनर अप भइन् । उनले १० हजार नगद पुरस्कार प्राप्त गरिन् । 
जेम सेकेन्डरी स्कुल धरानकी सन्जिना राई थर्ड रनर अप भइन् । उनले  ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । इटहरीको शिक्षा दीप एकेडेमीकी समीक्षा पौडेलले पब्लिक चोइस अवार्ड हासिल गरिन् । बेबिलोन इङ्लिस सेकेन्डरी स्कुलकी होमिता पोख्रेल मस्ट इन्स्पिरेसनल स्पिकरको उपाधिले सम्मानित भइन ।
एभरेस्ट चिल्ड्रेन बोर्डिङ पानमाराका निशान विश्वकर्मालाई मस्ट कन्फिडेन्ट स्पिकर, पब्लिक हाई स्कुलकी आयुषा पौडेललाई मस्ट ट्यालेन्टेड स्पिकरको उपाधि प्रदान गरियो ।
सुनाखरी एकेडेमी धरानकी नाबिया सरखानाले वेस्ट आर्टिक्युलेटर, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपालले वेस्ट एमर्जिङ स्पिकर र भानु स्मृति मावि धरानकी प्रतीक्षा तामाङले मस्ट इन्फर्मेटिभ स्पिकरको उपाधि प्राप्त गरिन् ।
लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राईले मस्ट क्रिएटिभ स्पिकर घोषित भइन् । केके इन्टरनेट स्कुलकी तपस्या भण्डारीलाई मस्ट पर्सुएसिभ स्पिकरको उपाधि प्रदान गरियो । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी दिविका राई वेस्ट थिमे टिक स्पिकर घोषित भइन ।
पब्लिक हाई स्कुलकी साक्षी मिश्रले मस्ट को अपरेटिङ स्पिकरको उपाधि प्राप्त गरिन ।
प्रतियोगिता र्‍याडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको हो ।
विजेता तथा उपविजेताहरुलाई एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष होली गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, निर्णायक द्वय टङ्क भट्टराई र अशोक पोख्रेल, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, सरस्वती निकेतन बोर्डिङका प्रिन्सिपल बमबहादुर विश्वकर्माले पुरस्कार, प्रमाणपत्र वितरण गरे ।
प्रतियोगिताको फाइनलमा १५ जना प्रतियोगीहरू बिच प्रतिस्पर्धा भएको थियो ।
निर्णायकहरूमा महेन्द्र  क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, शिक्षक टङ्क भट्टराई र अशोक पोख्रेल थिए । सभापतित्व र्‍याडिकलका अध्यक्ष तीर्थ कार्कीले गरेका थिए ।
सञ्चालन नबिना मग्रातीले गरेकी थिइन् ।