: प्रहरीले धरान-१७ का ४० वर्षीय राज श्रेष्ठलाई लागुऔषध ब्राउनसुगर सहित मङ्गलवार विराटनगरबाट पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले उनलाई विराटनगर-१५ बाट १ ग्राम ७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
धरानमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनको छोरा ३० वर्षीय सुमन राई र धनकुटा साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बूलाई गाँजा सहित पक्राउ गरिएको छ ।
उनीहरूलाई धरान-१३ अमरहाट अस्थायी प्रहरी चौकीका प्रहरी टोलीले भेडेटारबाट धरान आउँदै गरेको को २ ह ४७३९ नम्बरको टेम्पो चेकजाँच गर्दा १९ केजी गाँजा सहित पक्राउ गरिएको हो । टेम्पो जोकबहादुरले चलाएका थिए ।
वराहक्षेत्र-७ का ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुसिल शेर्पा ब्राउनसुगर सहित पक्राउ परेका छन् । उनीहरूलाई अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।