धरान : ताप्लेजुङ फुङ्लिङ-६ का २१ वर्षीय युगल दर्जी सिवालाई आज आइतबार प्रहरीले झापामा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार दर्जीलाई बिर्तामोड बसपार्क अस्थायी प्रहरी पोष्टको प्रहरी टोलीले अर्जुनधारा-१ बाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको रामधुनी-३ का २२ वर्षीय मनिष तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले ४२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

भोक्राहा नर्सिङ गापा-६ का एक वालकलाई १ हजार ४१० चक्की ट्रमाडोल सहित इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।

उता तेह्रथुममा म्याङ्लुङ-८ का कवुहाङ लिम्बूलाई निषेधित औषधी ८०० चक्की सहित प्रहरी चौकी जिरिखिम्तिको गस्ती टोलीले पक्राउ गरेको छ ।