वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले थारु महिलाहरूलाई ढकिया, गुन्द्री, पिरा जस्ता हस्तकलाका सामाग्री बनाउने तालिमको आयोजना भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा थारु कल्याण्कारिणी सभा, वराहक्षेत्र नगर कार्यसमितिले उक्त तालिमको आयोजना गरेको हो ।
१५ दिनसम्म आयोजना हुने उक्त तालिममा ५५ जना थारु समुदायका महिलाहरूको सहभागिता रहेको छ । उक्त तालिमको शुक्रवार नगरप्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए ।
थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको उक्त हस्तकलाका सामाग्रीले पहिचान जगेर्ना तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने थारु कल्याण्कारिणी सभा, वराहक्षेत्र नगर कार्य समितिका सचिव देवकुमार चौधरीले बताए ।