विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा जिल्ला प्रहरी इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललाई धन्यवाद तथा शुभकामना सहित मायाको चिनो प्रदान गरेका छन् ।
गृह मन्त्रालय बढुवा समितिको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समूह तर्फ प्रहरी उपरीक्षक पदबाट ढकाल प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूचिमा परेका छन् । उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यालय प्रमुख प्रहरी उपरीक्षकको पदमा कार्यरत थिए ।

प्रदेश प्रहरी कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक हरी ढंगोल लगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।