झापा : झापामा एक होटेलबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका ९ दुधेमा रहेको सगरमाथा होटेलबाट होटेल तथा घरधनी विनोद खरेल सहित १२ जना पक्राउ परेका हुन् । गए राति साढे ८ बजे उनीहरूलाई पक्राउ गरिएको दमक प्रहरीले जनाएको छ ।

_1743784132.gif)
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यस क्रममा १२ जना जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी-६ बस्ने ५० वर्षीय मिलन भण्डारी, वडा नं. ९ बस्ने ४७ वर्षीय दीपक तामाङ, वडा नं. ६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, वडा नं.९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू, सोही वडाका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, वडा नं. ११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा, वडा नं. ९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती, सोही ठाउँ बस्ने ३९ वर्षीय विनोद खरेल (घर तथा होटेल साहु), २० वर्षीय सौगात मैनाली र भारत कोलकाताका ४१ वर्षीय परितोस पल रहेका छन् ।
घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरूले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।