धरान : धरान उपमाहानगरपालिका मेयर तिलक राइको प्रमुख अतिथी र उपमेयर मन्जु भण्डारीको बिशेष अतिथीमा धरान वडा नं-२ स्थित रहेको देशि लाइनको नयाँ कालोपत्र भएको सडक आज रिबन काटेर उद्घाटन भएको छ।
१ करोड ३५ लाख ४५ हजार ९९ रूपैयाँको लागतमा २०७६ साल भदौ १७ गते सम्झौता भएकाे थियो । विगतमा ४० फुटको बाटो भत्काएर हाल ५० फुटको बाटो बनाएको छ । नगर गौरव योजनमा रहेको देशिलाइनको एकसय पचहत्तर मिटरको सडक कालोपत्र सडक उद्घाटन गरिएको हो। धरान भानुचौकको पुर्व तर्फ रहेको देशिलाइन सडक धरानको पुरानो बस्ति मानिन्छ।

_1743784132.gif)
तिलक राइले मन्तव्य राख्दै जिर्ण अवस्थामा रहेको सडक सुन्दर बनाएर लम्ब्याउन स्थानियवासिले देखाएको तत्परताको उपज नै छिटो सडक निमार्ण भएको बताउँदै उनले धराने जनताको माग र आवश्यकतालाई स्थानीय सरकार सदैव सहयोग गर्ने समेत बताए ।
उपमेयर भण्डारीले मन्तब्यको क्रममा देशिलाइनमा निर्माण भएको सडक सफा सुन्दर राख्न प्रत्येक देशिलाइनका स्थानीयहरूले सडकमा फोहोर नहाल्न र कालान्तर सम्म सफा राख्न अनुरोध गरिन। नगर गौरव योजनमा रहेको देशिलाइनको सडक काम सम्पन्न भएको बताउँदै बिजयपुर, सिहदेवि, मङ्गलबारे, रत्नरोडको सडकको योजनाका काम पनि भैइरहेको बताइन।