धरान : सूचनाको हककोलागि राष्ट्रिय संजाल सुनसरी शाखाले युवाहरूलाई सूचनाको हकको २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिका र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा कृषि बजार ब्यवस्थापन समितिको सभाहलमा भएको तालिममाको समापन प्रदेश नं १ माननीय सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रदीपकुमार भण्डारीको आतिथ्यमा विद्यार्थी र युवाहरूलाई प्रमाण पत्र दिएर कार्यक्रम सम्पन्न गरिएको थियो

_1743784132.gif)
कार्यक्रमको सहजीकरण सूचनाका हकका राष्ट्रिय संजालका केन्द्रिय सदस्य तथा प्रदेश एकका सदस्य सचिव राजु श्रेष्ठ ,सूचनाको हकका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक बिष्णु चौलागाईं र प्रदेश सदस्य आशिषराज यादवले गरेका थिए । सूचनाको हक भनेको के हो ?, सूचना कहाँ माग्ने ?, कति बर्षसम्मका सूचना माग्न सकिन्छ ?, किन सूचना माग गर्न ?, र मागेका सूचना नदिएमा कहाँ कुन निकाय जाने भनेर सहजीकरण गराएका थिए ।
कार्यक्रममा २५ युवाहरु सहभागी रहेका थिए । सहभागीहरुले कार्यक्रमबाट धेरै ज्ञान हासिल भएको प्रतिक्रिया दिएका थिए । सहभागी सबु बरालले २ दिनको तालिममा सूचनाको ऐन हक प्रयोग गरेर कानुनी राज्यको स्थापना गर्न सकिने र नागरिक सुसूचित बन्न सकिने बुझेको बताइन । सहभागी मध्यकै अलङकार पराजुलीले सूचनाको हक युवाहरुकोलागि अझ महत्व रहेको सार्वजानिक निकायले गर्ने काम कारबाही खुल्ला र पारदर्शीरुपमा गरका छ कि छैनन चनाखो भएर युवाहरुलाग्नु पर्ने बताएका थिए ।
सभामुख भण्डारीले मन्तब्यको क्रममा सूचनाको हक दु :ख दिने नियतले हैन राज्यलाई नागरिकप्रति जनाफदेहि र जिम्मेबार बनाउने ढङगबाट प्रयोग गनुपर्ने बताउदै सूचनाको हक सम्मान संरक्षणका लागि आफ्ना कर्मचारिको लागि उपयुक्त तालिम र प्रशिक्षणको ब्यवस्था गर्नू पनि सार्वजानिक निकायको दायित्व रहेको बताए ।