धरान : ईलाका प्रहरी कार्यालय इटहरीले तरहरामा आइतबार २८ बर्षीय रादन राईलाई छुरा प्रहार गरी फरार भएका तीन जनालाई खनार क्षेत्रबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उपमहानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् । जेष्ठ १९ गते साँझ ६ बजे ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तिनै जनालाई पक्राउ गरेको हो

_1743784132.gif)
तीन जना मिलेर राजनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाउने डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
राईलाई बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेकोमा घाईतेका अन्य साथीहरुले थाहा पाई घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो ।
बेलायतमा बस्दै आएका मृतक राई लकडाउनको कारणले फर्कन पाएका थिएनन् ।