धरान : मित्रराष्ट्र चीन बाट देखा परेको महामारी रोग कोरोना भाइरसका कारण अहिले बिश्व आक्रन्त बनीरहेको छ ।
यो समाचार तयार पारुन्जेल विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ लाख ३७ हजार ९ सय २९ पुगेको छ भने मृत्यू हुनेको संख्या ३५ हजार १९ पुगेको छ । कोरोना भाइरस लागेर निको भएकाको संख्या १ लाख ५६ हजार ५ सय ७ रहेको छ ।

यसरी विश्वमा ठुलो महामारीकोरुपमा देखा परेको कोरोना भाईरस संक्रमितको संख्या नेपालमा ५ जना पुगेको छ । कोरोना भाइरसको संक्रमण जोखिमबाट बच्नका लागि देशैभर सरकारले लकडाउनको घोषणा गरेको छ ।

सरकारले लकडाउन घोषणा गर्नुको मुख्य उद्धेश्य सबै मानिस घर भित्र बसुन र कोरोना भाइरस संक्रमण हुन नसकोस भन्ने हो । तर जनताले लकडाउन उलंघन गरिरहेका छन् ।

धरानमा पनि लकडाउनमा सर्वसाधरण बाहिर ननिस्किउन भनेर धरान उपमहानगरपालिका, प्रशासनले लकडाउनलाई कडा पारेको भन्दै आएको छ । यसको बावजुद पनि सोमबार साँझ लकडाउनको प्रवाह नगरी सर्वसाधरणहरु घर बाहिर निस्किएका थिए । धरानको मुख्य चौक भानुचौक र छाताचौकमा कम मानिस निस्किएको भए पनि धरानको छाताचौक मास्तिर, माछाभौडी, पुरानो बजार, चतरा लाईन लगायतका स्थानहरुमा लकडाउनको व्यापक उल्लंघन भएको देखियो ।

मंगलबार देखि अझ लकडाउनलाई कडा पार्ने धरान उपमहानगरपालिकाले भनिरहदा लकडाउनको पनि सर्वसाधरणबाट उलंघन व्यापक भएको पाईएको छ । यसरी महामारीबाट जोगिन लकडाउनको घोषणा कार्यन्वयन नहुनु धरानमा चिन्ताको विषय बनेको छ । यसबारेमा स्थानिय सरकारको तुरुन्त ध्यान केन्द्रित हुन जरुरी छ ।


