पाँचथर : पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हिलिहाङ गाउँपालिका वडा नम्बर ७ र फिदिम नगरपालिका वडा नम्बर ४ भएर बग्ने हेवा खोलमा माछा मार्ने क्रममा करेन्ट लागेर शनिवार स्थानिय धन कुमार राईको छोरा २८ वर्षिय मदन कुमार राई मृत्यु भएको हो ।
रातीनै घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए । राई उनका साथीसँग माछा मार्न हेवाखोला गएका थिए ।