काठमाण्डौ: आज शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएकोछ । फिल्म रिलिजको पुर्व सन्ध्यामा राजधानीस्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो ।

प्रिमियरमा फिल्मनगरीका अधिकांश परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ’ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त शो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ । मसलेदार फिल्म मानिएको रणवीरको मेकिङको पनि चर्चा छ । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् । उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए ।

DSC09090

फिल्ममा सुशीलको दुई अवतार देख्न पाइनेछ । दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टले पनि प्रिमियर मार्फत सकारात्मक प्रतिक्रिया बटुलेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ’ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकार पनि रणवीरमा देखिनेछन् । प्रिमियर शोमा कलाकारहरु सुनिल थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, निर्माता माधव वाग्ले, निर्माता सुदिप खड्का, लेखक प्रदीप भारद्वाज, वितरक प्रदीपकुमार उदय, ज्योतिष टर्न एक्टर हरिहर अधिकारी, गजित विष्ट, सरोज खनाल, आना शर्मा, निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गरे ।

DSC09074

फिल्म हेर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पुगेका थिए । वेरोजगार युवाको अवस्था र भ्रष्टाचारले पार्ने असरलाइ यसमा देखाइएको छ । यसैगरी फिल्म हेर्न पछिल्लो समय युट्युबमा अत्याधिक खोजिएको जोडी कृष्ण ओली र रुपा ओली पनि हल आइपुगेका थिए । केहि समय अगाडी रणवीर टिम कृष्णलाई सहयोग गर्न घरमै पुगेका थिए । त्यसबेला कृष्ण र रुपाले फिल्म हेर्ने ईच्छा व्यक्त गरेका थिए । त्यसै अनुरुप उनीहरु हलमा फिल्म हेर्न आइपुगेका थिए । 

DSC09196

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

DSC09041

DSC09170
DSC09136