धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।
आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० वर्षीय जीवानन्द मेहेता गम्भीर घाइते भएका थिए ।
घाइते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।