धरान : प्रहरीले झापाको झापा गापा–४ सुकुम्वासी टोलबाट आइतबार दिउँसो ६२ वर्षिया खदी देवी मुखिया सहित ३ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । 
उनीहरूलाई प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक ५ का ३७ वर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी र ३३ बर्षीया सपना कपाली छन् । उनिहररुबाट  ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम बरामद गरिएको छ । 
यसै गरी मोरङको पथरीशनिश्चरे ७ का २४ वर्षीय रुपन राई र पथरीशनिश्चरे ६ का २१ वर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी पथरीको प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले लागुऔषध ट्रमा डोल हाइड्रोक्लोलाइड क्याप्सुल आइपी ट्रोमेल ५० एण्ड सोल्फेस डाइक्लोमीक एचसीएल टेबलेट आइपी २० एमजी चक्की बरामद गरेको छ ।
यसै गरी सुनसरीको कोशी गाउँपालिका २ सरदार टोलबाट ७० वर्षीय लक्ष्मी सरदार, ४२ बर्षीया देवकी सरदार र भारतीय नागरिक २६ वर्षीय सहवाज आलमलाई गाँजा ७५ किलो ३३० ग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीले पक्राउ गरेको छ ।