धरान: नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्थात यमपञ्चक नेपालीहरुको घरमा प्रवेश गरिसकेको छ । आज तिहारको पहिलो दिन काग तिहार ।
तिहार लागेपछि नेपालीहरुले आफ्नो घरलाई झिलिमिलि बत्तिले सिंगार्ने गरेका छन् । तिहार औपचारिकरुपमा आजदेखि शुरु भएपनि नेपालीहरुले हिजो, अस्तिको दिनदेखि नै घरलाई बत्तिले सिगार्न थालिसकेका थिए । देशभर साँझ घर, चोक, बजार, पसल सबै झिलिमिलि बत्तिले उज्यालो देखिएको छ । यहाँ धरानको भानुचोक, घण्टाघर परिसरलगायत विभिन्न ठाउँ तथा घरको साँझको तस्बिरहरु: