धरान : सरकारसँग भूमि सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै जसपाले बुधवार धरानमा विरोध प्रदर्शन गरेको छ ।
भानुचोकमा प्लेकार्ड सहित धर्ना बसी कोणसभा गरेर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनीमा प्लेकार्डमा केपी ओली राजीनामा दे, पहिचान विरोधी होसियार, जनतामारा भूमि विधेयक फिर्ता गर, पहिचान विरोधी ओली मुर्दावाद, प्रतिरोधात्मक राजनीति बन्द गर, नश्लिय सरकार मुर्दावाद लगायतका नारा लेखिएका थिए ।
कोणसभामा जसपा अध्यक्ष ताजुव लिम्बुले सरकारले विधेयक फिर्ता लिनुपर्ने नसके संशोधन गरि सम्बोधन गरिनुपर्ने बताए । उनले वास्तविक सुकुम्वासी, भूमिहीनहरूले जग्गा पाउन्,भू माफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे ।
उनले केपी ओली सरकारले जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन नदिएकोले कारण उनीसँग प्रतिशोध साँध्न राजनैतिक मुद्दा उचालेको आरो लगाए । नेता लिम्बुले भने ‘सरकारले यदि साँच्चै राजनीतिक प्रतिशोध नराखी छानबिन गर्छ भने अध्यक्ष यादव छानबिनका लागि तयार छ ।’
ओली सरकारले राजनैतिक प्रतिशोध लिन सुनियोजित रूपमा गौर हत्याकाण्ड विउत्याउन खोजेको बताए । भने ‘पुरानो राजनीतिक मुद्दालाई बुत्याएर राष्ट्रिय« मुद्दासँग सौदाबाजी गर्नु राष्ट्रघात हो ।’ अध्यक्ष यादव माथि लगाइएको आरोप किमार्थ मान्य नहुने उनको भनाई थियो ।