धरान : प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा देखिने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई प्रस्तुत चर्चित सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ ।
सुपर हिट चलचित्र“पूर्णबहादुरको सारङ्गी” का लेखक तथा निर्देशक सरोज पौडेलद्वारा नै निर्देशन भएको चलचित्र ‘कोशेढुंगा’को ट्रेलर रिलिज भएको हो । 
चलचित्र ‘कोशेढुंगा’ ट्रेलरमा प्रेम, अभाव, पारिवारिक झमेला र पिडालाई प्रस्तुत गरिएको छ । जसरी “पूर्णबहादुरको सारङ्गी” हेरेर दर्शकहरू रोएका छन्, त्यसै गरी “कोशे ढुङ्गा” मा दर्शक रुने पक्का छ । गाउँमा भएको प्रेमलाई अभावले असफल बनाएको छ । बच्चा नहुँदा एक बुहारीले भोग्न परेको पिडा झन् कमको छैन ।
 ‘पूर्णबहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ सिनेमा तीजको अवसर पारेर यो सिनेमा आगामी भदौ १२  अर्थात् अगस्ट २८ मा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।
ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा देखिने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई प्रस्तुत गरिएको छ ।
पात्रहरूको मनोविज्ञान,कथावस्तुको उल्झन र सम्बन्धका आयामलाई प्रभावशाली रूपमा देखाउने प्रयास गरिएको छ । जसले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्ने सङ्केत गर्दछ ।
ग्रामीण परिवेशमा छायाङ्कन गरिएको यस सिनेमामा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह,मञ्जिलकुमार र सरोज खनाल लगायतका कलाकारको अभिनय समावेश छ ।
निर्देशक पौडेलकै लेखन रहेको ‘कोशेढुंगा’लाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् ।
नरदेवी फिल्मस र सारङ्गी फिल्मसको सहकार्यमा तयार पारेको सिनेमा सेभेन सिज इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुने भएको छ ।

https://youtu.be/SYZ1EKN-ClU?si=bFWTJ_7_agPdc2hd