इटहरी : कोशी प्रदेशको राजस्व कार्यालय इटहरीमा स्थापना भएको छ । प्रदेशको राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको हो । 
सोमबार आर्थिक मामिला मन्त्री रामबहादुर मगरले इटहरीमा रहेको कार्यालयको उद्घाटन गरेका छन् । प्रदेशको क्षेत्राधिकार भित्रका राजस्व सङ्कलनमा सहजीकरण र निगरानी गर्न कार्यालय सञ्चालनमा ल्याइएको हो। 
कार्यालय उद्घाटन गर्दै मन्त्री मगरले  अघिल्लो आर्थिक वर्षमा लक्ष्य नजिक राजस्व सङ्कलन भएको भन्दै थप दायरा बढाउन कार्यालयले काम गर्ने बताए । चालु आर्थिक बर्षलाई आर्थिक विकासको वर्षको रूपमा लिइएको उनको भनाइ छ । 
राजस्व उठाउन नसकिएका क्षेत्रको पहिचान गरेर प्रदेशको आम्दानी बढाउन कार्यालयले सहयोग पुर्‍याउने मगरले दाबी गरे । गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कोशी सरकारले  यसबर्ष ५ अर्ब ५० करोड लक्ष्य निर्धारण गरेको
छ ।
pradesh-rajaswa