मोरङ: मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् ।

आज बिहान ११ बजेको समयमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ का ४० बर्षीय सिद्धि गिरीलाई ५ ग्राम २५० मिलिग्राम खैरोहिरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका ७ बिच टोल बस्ने करण मगरको घरमा लागुऔषध सेवन गरीरहेको अवस्थामा २० बर्षीय करण मगर, २२ बर्षीय सन्देश चौधरी, १९ बर्षीय सुशिल खेवा र १९ बर्षीय बिशाल चम्जोङलाई ५०० मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ ।