धरान: ‘विमल गुरुङ कृति पुरस्कार’का लागि पुस्तक र कविता प्रतियोगीताका लागि कविहरुंसँग कविता पठाउन विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आव्हान गरिएको छ । 
२०८१ मा प्रकाशित उत्कृष्ट चयन हुने पुस्तकलाई ताम्र पत्र सहित २ लाख रुपया  पुरस्कार प्रदान गरिने छ । साथै ३४ राष्ट्रिय कविता महास्तवका विजेता कविहरूलाई प्रथम पुरस्कार नगद ३२ हजार, द्धितिय १८ हजार र तृतीय पुरस्कार १७ हजार प्रदान गरिने छ ।
पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कात्तिक १९ गते ३४ औँ कविता महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । सोही अवसरमा उक्त पुरस्कारहरू प्रदान गरिने पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । 
उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार कृति पुरस्कार जुनसुकै विद्यामा लेखिएको नेपाली भाषाको पुस्तकलाई दिने निर्णय भएको छ । यसअघि भारतीय नेपाली विजय कैलाश राईले कृति पुरस्कार पाएका थिए । 
उक्त पुरस्कार अहिले सम्म काङ्माङ नरेश, चन्द्र गुरुङ, प्रकाश थाम्सुहाङले पाइसकेका छन् । २०८१ को पुरस्कारका लागि स्रष्टाहरूसँग पुस्तकालयले भदौ भित्र ४ प्रति पुस्तक ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८, बुद्ध चोक’ मा सिधै पठाउन आव्हान गरेको हो ।
कविता महोत्सवमा स्वदेश र विदेशका नेपाली कविहरूलाई अप्रकाशित कविता पठाउन आव्हान गरिएको छ । कविता अनलाइन पोर्टल, सामाजिक सञ्जाल, पत्रपत्रिका, कविता संग्रह वा पुस्तकमा प्रकाशित नभएको कविता हुनुपर्ने छ । कविता पुस्तकालयको इमेलमा पठाउन सकिने छ । 
पुस्तकालय संस्थापक पूर्णबहादुर गुरुङ/श्रीमती सरस्वती गुरुङका छोरा कपज विमल गुरुङको १९ वर्षको उमेरमा २०४८ मा बस दुर्घटनामा असामयिक निधन भएको थियो । उनै छोरा विमलको स्मृतिमा पुस्तकालय गरिएको हो ।