सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यानगाउँपालिका १ ख्याम्पुका चन्द्रप्रका कोईरालाको घरमा आगलागी हुँदा अन्दाजी ९८ लाख बराबरको क्षति भएको छ ।
आज बिहानको २ बजेको समयमा अचानक बिद्युत लाईन सर्ट भई आगोलागी भएको बताइएको छ ।आगलागीबाट कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घरभित्र रहेको काठतखती २०० थान, सरा २०० थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर्णरुपमा जलेर नष्ट हुदा अंदाजी ८० लाख बराबर क्षति भएको छ । सोही घरमा कोठा भाडा लिई बसेका रमेश कुमार राईको बैक स्टोर सप्लायर साझेदारी स्टोर भित्र रहेको जुत्ता, चप्पल, रेडिमेड कपडा, किराना सामान समेत पुर्णरुपमा जल्दा अंदाजी १८ लाख बराबरको क्षति भएको छ ।
घटनाबारे बिहान ४ बजे अस्थायी प्रहरी चौकी सल्यानलाई जानकारी भएको थियो । तत्काल घटनास्थलमा खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगो बिहान सवा ६ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।