सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ कोङ्देस्थित भिरबाट लडेर एक जना बिदेशी पर्यटकको मृत्यु भएको छ ।
पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ बर्षिय पेसिता मेलिना नाम गरेकी महिला पर्यटकको आज दिउँसो १ बजे भीरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलीले बाटोबाट अन्दाजी २०० मिटर तल रहेको शवलाई उद्दार गरेको थियो । मृतकको शव लुक्लातर्फ लैजाने कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।