तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका १ माझीगाउँ बस्ने ६४ वर्षीय बिर बहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बिहिवार दिउँसो २ बजे तमोर नदिको बिचमा रहेको बास निकाल्न जाने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका माझीको प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।