मोरङ : मोरङको बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलिले भारतिय बजार जोगवनीबाट नेपाल तर्फआउँदै गरेका सोलुखुम्बु नेले घर भई ईटहरी उपमहानगरपालिका ४ बस्ने २६ बर्षीय अमन मुखियालाई चेकजाँच गर्ने क्रममा मुखियाको साथबाट डाईजेल्याव ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारागन ९ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका मुखियालाई ईलाका प्रहरी रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।