धरान: इटहरी २ स्थित मायाघर इटहरीलाई फ्रेण्डस् अफ धरान एण्ड इटहरीले सहयोग गरेको छ ।
माया घर सडकमा अलपत्र परेकाहरुलाई उद्दार गरेर आश्रय दिने संस्था हो । यहाँ हाल त्यस्ता ३० जना बालबालिका, महिला र वृद्धाहरु आश्रित छन् । मायाघरलाई सहयोग गर्ने यो संस्था धरान र इटहरीका युवायुवतीहरु मिलेर बनेको हो । माया घरमा बिहानको एक छाक खाना खुवाएका थिए भने दैनिक उपभोग्य सामग्री, ३० थान चप्पल साथै एक काटुर्न सेनेटरी प्याड पनि वितरण गरिएको थियो । कार्यक्रममा प्रतिव्यक्तिलाई ३ प्याकेट चाउचाउ, पानी तथा जुस पनि विरतण गरिएको थियो ।

यस्तै, बुबाको मुख हेर्ने दिनको अवसर पारेर सोही कार्यक्रममा स्वर्गीय लक्ष्मणमोहन पलिखेको स्मृतिमा कार्यक्रम संयोजक निश्चल मोहन पलिखे तथा परिवारको तर्फबाट एक थान रंगीन टेलिभिजन पनि प्रदान गरिएको थियो । उक्त दिनको खाना किड्स सुपर मोडल २०१९ की विजेता धरान १५ निवासी ११ बर्षीय युना खापुङले सौजन्य गरेकी थिइन् । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट तत्काल भगवती लिम्बूको संयोजकत्वमा १८ हजार संकलन गरेर १ थान फ्रिज खरीद गरेर हस्तान्तरणसमेत गरिएको थियो ।
उक्त कार्यक्रमको सहसंयोजकहरु भरत श्रेष्ठ, भगवती लिम्बू, तथा सिमरन वाइवा तामाङ रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा न. २ का अध्यक्ष हर्कबहादुर मगर रहेकय थिए भने बिशिष्ट अतिथिहरुमा महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, सुनसरी जुडो संघका सचिव रोजि ताम्राकार, नेपाल तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङ, नेवा मिसा दबुःका केन्द्रीय उपाध्यक्ष विमला प्रधान साथै होटल एशोसिएशन अफ इटहरीका अध्यक्ष जिवन पराजुली रहेका थिए ।
कार्यक्रम सञ्चालन सहसंयोजक भरत श्रेष्ठले गरेका थिए भने कार्यक्रममा इटहरीका युवाहरुले ३० जनालाई नै लत्ताकपडा प्रदान गरेका थिए । कार्यक्रममा संयोजक निश्चल मोहन पलिखे, प्रमुख अतिथि तथा वडाअध्यक्ष मगर, बिशिष्ट अतिथि सिजन गुरुङ र मायाघरको तर्फबाट सदस्य राधिका कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।