भोजपुर: भोजपुरको साल्पासिलिचो गाउँपालिका ६ थुमलुङका ६५ बर्षीय मान बहादुर बिष्टको पहिरोले पुरेर मृत्यु भएको छ ।
शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको अलैची बगानमा अलैची गोड्ने क्रममा एक्कासी आएको पहिरोले पुरेर विष्ट घाईते भएका थिए । घाइते बिष्टलाई उद्दार गरी घर लगिको थियो । उनको आज बिहान सवा ५ बजे मृत्यु भएको प्रहरी चौकी दोभानेले जनाएको छ ।

प्रहरीका अनुसार बिष्टलाई घरमै मृत अबस्थामा भेटेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।