पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारले जनाएको छ। कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। स्व. गिरीकी श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन्।
पूर्व प्रधानमन्त्री डा. गिरीको निधन
- पुस ३, २०७५ / 412 पटक पढिएको
































































