नेपालमा विशेष प्रदर्शनपछि चलचित्र प्रसादले राम्रै प्रशंसा कमायो । सोही चर्चाको प्रभाव यता सिड्नीमा पनि परेको छ ।
नेपालको चर्चासँगै प्रवासको बजारमा पनि गतिलो प्रभाव पारेको चलचित्र प्रसादले सिड्नीमा तय गरेको शुक्रबार र शनिबारको शोको टिकट सोल्डआउट हुन पुगेको छ । ‘नेपालबाट राम्रो प्रतिक्रिया आएपछि सिड्नीमा यो चलचित्र हेर्न दर्शकहरूको रूची बढेकोले हामीले थप शोहरू गर्ने निर्णय गरेका छौँ’- चलचित्रको अष्ट्रेलियाको वितरक सायन इन्टरटेनमेन्ट र गोर्खे इनेटरमेनेटले जानकारी दियो । चलचित्रलाई कोवोला सलुसनले प्रस्तुत गरेको हो ।
डिसेम्बर ७ र ८ का दिन सिड्नीको हर्सभिलमा रहेको ईभेन्ट सिनेमा हलमा प्रदर्शन हुने चलचित्र प्रसादको कट सोल्डआउट भएपछि अन्य शो पनि थपिने भएका छन् ।
घटना र विचारबाट साभार गरिएको