चरम खानेपानी अभावको बेला पनि धरान खानेपानी आयोजनाले आपुर्ति गरिदीएको पानी वितरण गर्न आनाकानी गरेको भन्दै आलोचित बनेको खानेपानी संस्थानको शाखा कार्यालयले आयोजनाको पानी उपभोक्तालाई वितरण गर्ने भएको छ । आयोजनाले बुधबार पिउने योग्य पानी सुम्निमा सबसिस्टममार्फत संस्थानको कार्यालय परिसरमा रहेको रिजर्व वेयरसम्म पुर्याएको थियो । तर संस्थाले भने केन्द्रीय कार्यालयबाट अनुमती लिनुपर्ने भन्दै आयोजनाले उपलब्ध गराएको पानी आफ्नो टंकीमा हालेर वितरण गर्न आनाकानी गरेको थियो । चरम पानी संकटको बेला टंकीको मुखैमा पुगेको पानी जोडेर वितरण गर्न नमाने पछी पिउन योग्य पानी बगेर खेर गइरहेको थियो । सञ्चार माध्यममा यो समाचार प्रकाशित भएपछि बिहिबार बिहान धरानका प्रमुख राजनितीक दलका नेताहरु संस्थानमा पुगेर आयोजनाको पानि वितरण गर्न आग्रह र दबाब दिएका थिए । कांग्रेस, नेकपा, राप्रपालगायत दलका प्रतिनिधीले संस्थानका केन्द्रीय कार्यालयका महाप्रबन्धकसँग पनि कुराकानि गरेपछि संस्थान आयोजनाको पानी उपयोग गरेर वितरण गर्न सकारात्मक बनेको छ । आयोजनाले उत्पादन गरेको टंकीमा हालेर वितरण गर्नुपर्यो भनेर सबै दलका प्रतिनिधी संस्थानमा पुग्यौं र आग्रह गर्यौं। यो अवस्थामा जसरी भए पनि काकाकुल धरानलाई पनी पिलाउनुपर्छ भन्यौं, नेकपाका नेता अइन्द्रविक्रम बेघाले भने । सबै राजनीतीक दलका प्रतिनिधीले दबाबमुलक लिखित आग्रह गरेपछि शाखा प्रमुख रामकुमार श्रेष्ठले केन्द्रीय कार्यालयलाई पठाए । प्रधान कार्यालयले स्वीकृती दिएपछि संस्थानको शाखा कार्यालयले दैनिक ५० लाख लिटर पानी आपूर्तीको व्यावस्था मिलाउन खानेपानि व्यावस्थापन बोर्ड तथा उपमहानगरपालिका प्रमुख तारा सुब्बालाई पत्राचार गरेको थियो । केन्द्रीय कार्यालयबाट स्वीकृती मिलेपछि अब हामी ५० लाख लिटर पानी आयोजना संग खरिद गरेर चलाउछौं, यसले यो खडेरीमा केहि हदसम्म राहत पुग्छ, संस्थान शाखा प्रमुख श्रेष्ठले भने , आयोजनाले जती दिनसक्छ, त्यति लिन्छौं । उनका अनुसार धरानमा पानीको माग दैनिक ३ करोड लिटर भन्दा बढी छ  तर, संस्थानले मात्र १ करोड १० लाख लिटर मात्र आपूर्ति गरेर वितरण गरिरहेको छ । करिब २० हजार धारा जडान गरेको उपभोक्तालाई संस्थानले धरानलाई २ भागमा बाडेर दिन बिराउदै बिहान केही समयका लागी मात्र पानी आपूर्ति गरिरहेको छ । ५० लाख लिटर थपिँदा १ करोड ६० लाख हुन्छ, यसले २० देखि ३० प्रतिशतसम्म राहात मिल्छ भन्ने आशा लिएका छौं, श्रेष्ठले भने । धरान खानेपानि आयोजना प्रमुख राजु पोख्रलले संस्थानको पत्र प्राप्त भएकोले शुक्रबार बिहान संस्थानको टंकीमा जडान गर्ने र मध्याह्न १२ बजे सम्म आयोजनाले आपूर्ति गरेको पानी संस्थानको टंकीमा खसाउने बताए । उनले भने, १२ बजेपछि संस्थानको टंकीमा पानी खसाउँछौं । पिण्डेश्वर सब सिस्टमको टंकी, पाइपलाइन सफा गरिरहेकोले त्यहाँबाट वितरण हुन केही दिन लाग्छ । उनका अनुसार शुक्रबार एउटा मात्र बुस्टर पम्प चल्छ भने शनिबार देखि २ वटा बुस्टर पम्प चल्नेछ । पिण्डेश्वर र सम्निमा सबसिस्टमका लागि चारकोसे जंगलमा ४ वटा वेल खनिएको छ । जसमध्ये ३ वटा सञ्चालनमा छन् । त्यहाँ उत्पादित पानी ठेल्नका लागि ५ वटा बुस्टर पम्प बनाएकोमा ३ वटा चलाउने र २ वटा ब्याकअप राख्ने आयोजनाको भनाइ छ । सुम्निमा सबसिस्टममा नयाँ रिजर्व वेयर नबनाई संस्थानकै प्रयोग गरिएकोले तत्काल पानी वितरण गर्न सक्ने अवस्था बनेको हो । पिण्डेश्वर सबसिस्टमको नयाँ रिजर्व वेयर भएकोले सफा गर्न समय लाग्ने आयोजनाको भनाइ छ । आयोजना डिजाइन अनुसार ५ वटा सबसिस्टम मध्ये एउटा पञ्चकन्या बाहेक सबै सिस्टमको काम लगभग सकिएको छ । ती ४ सबसिस्टम मध्ये रेल्वे सञ्चालनमा आएर उपभोक्तालाई पानि वितरण भइरहेको छ । विजयपुरमा निर्माण गरिने भनिएको पञ्चकन्या सबसिस्टमको रिजर्व वेयर भने चर्को विवादको कारण बन्न सकेको छैन । धरानमा फागुनदेखि जेठ अन्तिम सातासम्म चरम खानेपानी अभाव झेल्नुपर्छ ।

समाचार नागरीक पुर्बेलीबाट साभार गरीएको
तस्बिर -चोत्लुङ याक्थुम्बाको फेसबुकबाट