धरान : धरानमा शनिवार ३२ किलोमिटर दुरीको कोरा राइड साइक्लिङ च्यालेन्ज प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पेडलर्स धरानले आयोजना गर्ने भएको हो ।
प्रतियोगिताको बारेमा जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा संयोजक विजय श्रेष्ठले धरानको धार्मिक, पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न साइक्लिङ प्रतियोगिता आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगितामा नेपाल साइक्लिस्टहर सहित ३ सय जना सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताको चेक प्वाइन्ट धरानको धार्मिक, पर्यटकीय स्थलहरूलाई बनाइएको छ ।
साइक्लिङको रुट भानु चोक, दुर्गा चोक, कल्याण चोक, स्वास्तिक चोक, गणेशमान सिंह चोक, इस्कोन मन्दिर, देखि वैष्णव देवी मन्दिर हुँदै धरान रङ्गशाला, जिरो पोइन्ट, फुस्रे, अमर घाट, पञ्चकन्या पथ हुँदै  बुढासुब्बा मन्दिर चोक, पिण्डेश्वर पथ विजयपुर चोक हुनेछ ।
त्यहाँबाट दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, काठे पुल हुँदै देवी गाउँ मुना क्लब, मिन्टेज फेमिली रेसोर्ट, तल्लो देउराली, सेउती पुल, खोरिया बस्ती, लाङघाली चोक, नयाँ बस पार्क, बौद्ध दाह संस्कार स्थल, हरियाली चोक, सिलाम साकमा चोक, धनकुटै रोड, बिपी गेट, रेल्वे चोक ठकुरी पुल डाँडा घोपा एन्फा एकेडेमी साकेला सम्म रहेको बताइएको छ ।
पेडलर्सका अध्यक्ष किशन मास्केले साइक्लिङ राइड नेपालको ठुलो च्यारिटी राइड रहेको बताए । धरानमा कोरा राइड प्रतियोगिता सन् २०१७ देखि आयोजना गरिँदै आएको उनले जानकारी दिए ।