चतरा : वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आइतबार बिहान वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित हाटखोला क्षेत्रको बाढी प्रभावित क्षेत्र नगर प्रमुख कार्कीले निरीक्षण गरेका थिए।
नगर प्रमुख कार्कीले बिहीबार लाग्ने हाटखोला बजार क्षेत्र जागृत चौक लगाए नेप्टे खोलाले पार्ने जोखिम तथा प्रभाव बारे स्थानीयहरूको गुनासो सुनेका थिए ।
वर्षासँगै खोलामा आएको बाढीका कारण कट्टानले बस्ती जोखिम, बजार डुबाउने समस्या भएको भन्दै स्थानीयहरुले नगर प्रमुखसँग दीर्घकालीन समस्या हल गर्ने आग्रह गरेका थिए। खोला निरीक्षण पछि स्थानीयलाई नगर प्रमुख कार्कीले खोला कटान दीर्घकालीन नियन्त्रण र जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरपालिकाको विपद् व्यवस्थापन समिति, वडा र नगरपालिकाले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणकोलागि योजना बनाएर काम गर्ने बताए ।


































































