झापा: ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने र करणी प्रयास गर्ने एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ ।

सोमबार राती ११ बजे १५ बर्षीय बालिकालाई छिमेकीले फोन गरेर घरबाट ५ सय मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पीडकको घरमा पुगेकी बालिकालाई पीडकका दाजुलेसमेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको पीडित बालिकाले बताएकी छिन् ।

आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराए पछि प्रहरी टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाईनै पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।