धरान : ईलाका प्रहरी कार्यालय धरानले हिजो सोमबार धरानबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीले धरान १४ का ४१ बर्षीय कमल भुजेललाई लागुऔषधसहित पक्राउ गरेको हो । उनलाई धरान १२ कलेज रोडमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको कम्मरमा भिरेको पानी बर्षादी भित्र लुकाई राखेको अवस्थामा अबैध लागुऔषध भेटिएको जनाएको छ ।

भुजेलको साथबाट स्पास्मो प्रोक्सिभन प्लस २८ क्यापसुल, २ बोतल भरी रहेको र एक बोतल खलीसमेत ३ बोतल डाईलेक्स डि.सि. फेला परेको प्रहरीले जनाएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।