इटहरी: इटहरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट १ जनाको मृत्यु भएको हो । बिराटनगर जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई नगरपालिका–७ का ३४ बर्षीय मंगलसिहं दमाईलाई ठक्कर दिएको थियो । गम्भिर घाईते भएका उनलाई बिराटनगरको कोशी अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।