सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ ।
राती देखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर हाल मानिस आवागमन भने सुचारु गरिएको छ । बाढीले सुर्केखोला पेल्ट्री सेटको पाईप र ट्याङ्की बागाउदा ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।