सुनसरी: सुनसरीको दुहवीमा स्कुल बसले मोटरसाईकलाई ठक्कर दिदा एक युवाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक दुहवी नगरपालिका ४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको हो । आज बिहान पौने १२ बजे ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।