झापा : गौरादह नगरपालिका वडा नं. ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।
गौरादह-८ बस्ने बिरन साहले गोली हानी आत्महत्या गरेका हुन । उनले सुरुमा उनका भतिजा लाई गोली हानेर र आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको
गोली लागेर गम्भीर घाइते भतिजा १४ वर्षीय बालक रहेको र उनलाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएको छ ।
आत्महत्या गरेका बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ । घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।


































































