वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सूत्र राजस्व मोडल सफ्टवेयर सम्बन्धी २ दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
अभिमुखीकरण तालिममा वडा कार्यालयका सचिवहरू तथा वडा कार्यालयका राजस्व शाखा कर्मचारीहरूको उपस्थिति रहेको थियो । 
अभिमुखीकरण कार्यक्रममा कर, राजस्व दाखिला, सूत्रको प्रयोग, मोडल, सफ्टवेयर लगायतका विषयमा जानकारी र प्रयोगात्मक रूपमा सहजीकरण गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमलाई महालेखा नियन्त्रण कार्यालयका सूत्र सफ्टवेयर आइटी इन्जिनियर दिलीप सरदारले सहजीकरण गरेका थिए । 
राजस्व दाखिला, बैङ्किङ प्रणाली, सूत्रको प्रयोग, मोडल, सप्टोयर, प्रयोगको विधि, भौचर प्रमाणीकरण लगायत विषयमा वडा कार्यालयका सचिवहरू तथा वडा कार्यालयका राजस्व शाखा कर्मचारीहरूलाई थप दक्ष बनाउन अभिमुखीकरण कार्यक्रम योजना गरिएको नगरपालिकाका सूचना अधिकारी गौरी रायले बताए ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मङ्गलवार र बुधवार दुई दिन उक्त अभिमुखीकरण कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत वीरेन्द्र यादव, राजस्व शाखाकी प्रमुख सङ्गीता चौधरी, वडा कार्यालयका सचिवहरू तथा वडा कार्यालयका राजस्व शाखा कर्मचारीहरूको सहभागिता रहेको थियो ।