धरान : क्यानडाको पश्चिमी शहर भ्यानकभेरमा नेपालबाट गएको नेपाली साङ्गीतिक ब्यान्ड जोन एन्ड द लोकल्सको पहिलो शो ले शनिवार संगीतप्रेमी श्रोता, दर्शकमा हङ्गामा मच्चाएको त्यहाँ रहेका धरानका सञ्चारकर्मी सञ्जय याक्खाले जनाएका छन् ।   
भ्यानकुभर स्थित औरुम थिएटर हलमा आयोजित कन्सर्ट ५०० भन्दा बढी नेपाली दर्शकहरू व्यण्डको प्रस्तुतिमा नाचेका थिए । यार्सा इभेन्टको आयोजना र केटिएम रक्सको सहकार्यमा भएको कार्यक्रममा जोन एन्ड द लोकल्सले पहिलो गीत निहितको प्रस्तुतिमै दर्शकहरू झुमेका थिए ।
दर्जनौँ प्रस्तुती दिँदा पनि दर्शक नथाके पछि ब्यान्डले थप केही गीत प्रस्तुत गरे । त्यसबाट पनि दर्शक दीर्घबाट माग आएको थियो । तर ब्यान्डले समयको कारण थप प्रस्तुति दिन सकेनन् । 
क्यानडाको समय अनुसार बेलुकीको करिब १० बजे स्टेज प्रवेश गरेको ब्यान्डले लगभग डेढ दर्जन गीत प्रस्तुती दिए । ब्यान्डले निहित, भनन मात्र, बादल सरी, बिर्सिदिन्छु, फर्कन्न होला, पर्खी, रहेछु, प्रश्न, मुटु देखिन, साधना र दर्शकको वान्समोरमा हावा जस्तै र के गरु बोलको गीत प्रस्तुत गरे ।
canda-darsak