धरान  :श्रमिक दिवसको अवसरमा आयोजना हुने ‘ऊनको स्वीटर साँझ’मा वैशाख १८ गते धरानमा सुजन चापागाईँको लाइभ कन्सर्ट हुने भएको छ । ‘ऊनको स्विटर’ नवीन चौहानको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र हो ।
पाँचथरको साधु टारबाट छायाङ्कन गरिएको चलचित्र प्रवर्धनको लागि कन्सर्ट आयोजना गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक समिति सदस्य मिना सिंगकले बताइन् ।
‘ऊनको स्विटर’ वैशाख २६ गते देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रको नाममा हुने संगितिक साँझ धरान–१६ स्थित रगंशालामा हुनेछ ।
कन्सर्टमा सुजन चापागाईँ एण्ड द इन्फिनिटी ब्यान्डले एकल लाइभ प्रस्तुति दिने सिंगकले बताईन् ।
साथमा चर्चित गायिका सुनिता थेगिम र चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मेरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको प्रस्तुति हुनेछ ।
कन्सर्ट फ्रेण्डस सिनेमा, कुबेर सिनेमा डिष्ट्रीब्युशन र होटल मिरिकेनको प्रवर्द्धन र सिल्भर ईन्टरटेन्मेन्टको व्यवस्थापनमा हुन लागेको हो । विशेष प्रस्तुति आर्ट मान्डु र केन्द्र मोशन पिक्चर्सको रहको छ । ‘ऊनको स्विटर’ चलचित्रको मुख्य भूमिकामा नायक विपिन कार्की र नायिका मिरुना मगर छन् ।
एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी, कवि राई, रुपेश लामा, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ ।