वराहक्षेत्र  : वराहक्षेत्र नगरपालिकामा क्रियाशील सामाजिक संस्था नयाँ पिँढीले वराहक्षेत्र नगरपालिका वडा नं ३ का बिद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं ३ सहयोगमा नयाँ पिँढीले वडा भित्रका ७ बटा सामुदायिक तथा संस्थागत विद्यालयका बिद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
बुधवार नडाहा स्थित भरौल बाल मन्दिर इङ्लिस स्कुलको सभा हलमा उक्त कार्यक्रम आयोजना भएको थियो । हाल लागू औषध दुव्यसनीहरुको संङख्या समाजमा बढेको र यसले सामाजिक विकृतको रूप लिएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सचेतनाका कार्यक्रम आयोजना गरिएको नयाँ पिँढीका अध्यक्ष शिशिर तामाङले जानकारी दिए ।
कार्यक्रममा नयाँ पिँढीका अध्यक्ष अध्यक्ष शिशिर तामाङ, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवर,सहजकर्ता रोशन रेग्मीले लागू औषध दुर्व्यसनी बिरुद्ब सचेतनाकालागि सैद्धान्तिक रूपमा ज्ञान दिइएको हो ।
वडा अध्यक्ष राजदिप लामाको प्रमुख आतिथ्तामा आयोजना भएको लागू औषध दुर्व्यसन तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रममा वडा सदस्य मालती बिक , विद्यालयका शिक्षक प्रतिनिधि लगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।