- निशा राई
धरान : महिला हिंसा एंवम करणी विरुद्ध सचेतना तथा नेतृत्व विकासबारे एक दिने अभिमुखीकरण कार्यक्रम धरानमा सम्पन्न भएको छ
लियो क्लब अफ धरानको आयोजना तथा लायन्स क्लब अफ धरानको प्रायोजनमा धरान १२ स्थित होटेल स्टार पूर्वीमा महिला हिंसा एवम् करणी विरुद्ध चेतना तथा नेतृत्व विकासबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकी हो ।
उक्त कार्यक्रममा महिला हिंसा एवम् करणी विरुद्ध अधिवक्ता दर्शनकर्ण राईले जानकारी दिए भने महिला नेतृत्व विकास सम्बन्धी प्रस्तुति लायन दीपेन्द्र निरौलाले दिएका थिए । कार्यक्रममा धरान लियोका अध्यक्ष मनीषा विश्वकर्मा, लायन्स क्लब अफ धरान बुढासुब्बाको अध्यक्षको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिला हिंसा के हो करणी भनेको के हो रु यस सम्बन्धी बनेका कानुनहरू र महिला अधिकार, सहभागिता, संरक्षण र न्यायको बारेमा जानकारी दिइएको थियो । सो तालिममा ८० जना महिलाहरूको सहभागिता रहेको थियो ।


































































