धरान : उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सुकुम्वासी माथि बल प्रयोग गरेर उनीहरूको मानवअधिकार र मौलिक हक हनन गरेको आरोप लगाएका छन् ।
पूर्व ऊर्जा मन्त्री रहेका घिसिङले आज बिहीबार धरानमा राज्यले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने स्पष्ट नीति नल्याई बल प्रयोग गरेर मानवअधिकार र मौलिक हक हनन गरेको बताएका हुन ।
उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीको कोशी प्रदेश समायोजन कार्यक्रममा आएका उनले भने ‘अव्यवस्थित बसोबासलाई केवल हटाउने वा नियन्त्रण गर्ने दृष्टिकोणबाट मात्र हेर्न हुँदैन ।’ वास्तविक सुकुम्वासीहरूको पहिचान गरी उनीहरूको आधारभूत अधिकार सुनिश्चित गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रमोद पोर्तेल र डा महेन्द्र लावतीको पनि उपस्थिति रहेको भेलाले उज्यालो नेपाल पार्टीको ९४ सदस्यीय प्रदेश समिति एविराज आङदेम्बेको अध्यक्षतामा गठन गरेको छ ।
समितिमा प्रदेश इन्चार्ज पाँचथरका जीवन राई छन् ।उपाध्यक्ष गङ्गा राई सेर्मा, इन्द्रहाङ किराँती, कुमार साम्य, रेखबहादुर तामाङ छन् । सचिवमा गणेश राई गाउँले, उपसचिव अजित धिमाल, सरिता श्रेष्ठ, कोषाध्यक्षमा मिसन लामा छन् । प्रवक्ता प्रवीण राई, सचिवालय सदस्यहरू नारायणमान गुरुङ, सरकुमारी आठपहरिया, सुश्मा राई, कमला रुम्दाली राई, जकेन्द्र लावती छन् ।
समितिका सदस्यहरूमा शर्मिला आङदेम्बे, डम्बर लाबुङ, प्रमेस थापा मगर, सरोज कङलिबा, सुमन घिसिङ, डिल्ली लिङ्दम, कोपिला लावती, गङ्गा दुलाल, रोशन लावती, दिपा लक्सम, राकेश माङमु ,हरि गुरुङ, टेक बहादुर सुब्बा, विकास थाम्सुहाङ, जितेन्द्र राई, उषा लक्ष्मी तुम्बाहाम्फे, धनकुमार सुनुवार छन् ।
साथै मनुशा राई ,भीम कुमार राई,भूपाल राई, सालिकराम राई, चक्र राई, टप्सेन राई, विपिन इवाराम, किरण देवान, खडग राई सहित ५१ जना सदस्यीय समिति गठन भएको हो । १० जना सल्लाहकार सदस्य रहेको सल्लाहकार समिती पनि गठन भएको छ ।a
बालेन सरकारले बल प्रयोग गरेर सुकुम्वासीको मानवअधिकार हनन गर्यो : कुलमान घिसिङ
Leave a Reply