धरान : त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको २०८१ को परीक्षामा स्थित धरान सिटी कलेज धरान–१२ छात्रा स्मिता तामाङले सुनसरीमा जिल्लामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका कलेजले जनाएको छ ।
सिटी कलेजबाट त्रिवि अनुबन्धित बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा ६३ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा तामाङले प्राप्त गरेकी ८३ दशमलव ८ अङ्क जिल्ला कै उत्कृष्ट नतिजा भएको कलेजका उप–प्राध्यापक विशाल श्रेष्ठले बताए ।
उनका अनुसार सुनसरी जिल्लाका कलेजहरूबाट कसैले पनि ८ ३दशमलव ८ प्रतिशत नतिजा ल्याएका जानकारी अहिले सम्म दाबी गरेको छैन । कलेजबाट परीक्षामा सहभागी ६३ जना मध्ये ४१ जना उत्तीर्ण भई ६६ प्रतिशत विद्यार्थी सफल भएको उनले बताए ।
स्मिता सँगै कलेजबाट २ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । इशा बर्नवालले ८० दशमलव ४ प्रतिशत र मार्टिन बराइलीले ७५ दशमलव ८ प्रतिशत अङ्क प्राप्त गरेकी छन् ।
सिटी कलेजबाट यस अघि महेश अग्रवाल २ पटक पूर्वाञ्चल प्रथम भएका थिए । प्रेरणा पराजुली पनि पूर्वाञ्चल प्रथम भएकी थिइन । महेश हाल सिटी कलेजमा पढाउँदै छन् । प्रेरणा अस्ट्रेलियामा कार्यरत छिन ।
विशिष्ट श्रेणी ल्याएकी स्मिता तामाङ र मार्टिन बराइलीलाई क्याम्पस प्रमुख खड्गविक्रम सिंह कार्की, उप–प्राध्यापक विशाल श्रेष्ठ र प्राध्यापक लोक श्रेष्ठले खँदा र अबिर लगाएर सम्मान गरेका छन् ।