धरान : विद्यार्थीहरूलाई नेवारी संस्कृतिको लाखेनाचका बारेमा ज्ञान दिन धरान-१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलमा शनिवार लाखे नाच प्रदर्शन गरिएको छ ।
नेवार एकता सांस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शन गरिएको निर्देशक गङ्गाराम राईले बताए । जाति समुदायको मौलिक संस्कृतिबारे विद्यार्थीलाई ज्ञान दिन नेवार समुदायको परम्परागत लाखे नाच प्रदर्शन गरिएको उनले बताए ।
नेवारी मौलिक नृत्यको रूपमा रहेको लाखे नाचलाई विद्यार्थी मार्फत समुदायमा पुर्याउन स्कुलमा लाखेनाच प्रदर्शन गरिएको नेवाः देय दवू धरान-११ अध्यक्ष लीला प्रधानले बताए । उनका अनुसार विद्यालयले निम्ता गरेर लाखे नाच प्रदर्शनी गर्ने अवसर दिएको हो ।
निर्देशक राईका अनुसार स्कुलमा रक्षा बन्धनको पनि कार्यक्रम सम्पन्न गरिएको थियो । विद्यार्थीहरूले नेपाली परम्परा अनुसार रक्षा बन्धन बाँधेर जनै पूर्णिमा मनाएका छन् ।